चितवन – प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीका सभापति कृष्ण भक्त पोखरेलले समन्वय सहजिकरण र अनुगमन सन्दर्भमा जिल्ला समन्वय समिति (जिसस) को भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बागमती प्रदेश सुशासन केन्द्रद्धारा जिसस सदस्य र पदाधिकारीका लागि आयोजित समवन्य र योजना अनुगमन विषयक दुई दिवशीय कार्यशाला गोष्ठीको मंगलबार चितवनमा उद्घाटन गर्नुहुँदै उहाँले भौतिक विकास निर्माणमात्र नभई सामाजिक कृयाकलापको अनुगमन र समन्वय गर्ने कुरामा जिससको भुमिका महत्वपूर्ण हुुने बताउनुभयो ।

उहाँले संविधानमै संघ प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, जिल्ला भित्रको गाउँपालिका र नगरपालिका बीचमा समन्वय गर्ने, विकास निर्माणका काममा सन्तुतन कायम गर्न अनुगमन गर्ने र प्रदेश सरकारले तोकेका अन्य कामहरु समेत गर्ने भनि परिभाषा गरेको हुँदा यसलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । संविधानले महत्वपूर्ण मानेर समग्र जिल्लाको विकास र समानताका लागि जिससको परिकल्पना गरेको भन्दै संघीय सरकार र प्रदेश सरकारको कार्य तथा स्थानीय तहसंगको समन्वय र सहजिकरणका लागि जिससलाई भुमिका र अधिकार सम्पन्न बनाउनुपर्ने तथा संविधानको मर्म अनुसार नै सबै प्रकारका कानूनहरु निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संघ प्रदेश र स्थानीय तहले गरेका कामको अनुगमन गर्न जिसस बाहेक अन्य कुनै निकाय प्रभावकारी हुन नसक्ने बताउनुभयो । उहाँले अनुगमन सुपरिवेक्षण लागाएतको काम गर्ने बिश्वाशिलो निकाय जिल्ला समबन्य समिति हुँदाहुदै पनि यस्को ब्यबहारिक प्रयोग र बुझाईको अभावले गर्दा आफुहरु चुकेको बताउनु भयो । संघ प्रदेश र स्थानीय तहहरुले आफै कार्यक्रम बजेट ल्याउने र ठेक्का पकृया देखि निर्माण सम्मन्न भएसम्म र अनुगमन पनि स्वयम आफुले नै गर्ने भएकोले पारदर्शी नहुने हुँदा जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनानु पर्ने बताउनुभयो ।

जिल्ला समन्वय बागमती प्रदेशका अध्यक्ष एवम् जिल्ला समन्वय समित मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय उपाअध्यक्ष एवम् नुवाकोटका प्रमुख सन्तमान तामाङ, जिसस चितवनका प्रमुख एवम् जिसस महासंघ बागमती प्रदेशका प्रवक्ता कृष्णकुमार डल्लाकाेटि, धादिङ्का प्रमुख जगनाथ नेपाललगायतले मन्तव्य व्यक्त गर्नुभएकोे थियो । आज र भोली दुई दिनसम्म चल्ने कार्यक्रममा बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ्, नुवाकोट र रसुवाका प्रमुख उपप्रमुख एवम् सदस्यहरुको उपस्थिती रहेको छ ।