काठमाडौं – कमल थापाले शनिबार भाेली आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टी घोषणा गर्नु हुँदै छ । फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको दिन राप्रपा नेपालको घोषणा गर्न लागेको जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नु भएकाे छ ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गर्नु भएका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताउनुभएकाे छ । राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’ उहाँले भन्नुभएकाे छ ।
५वर्षको अलमल पछि हामी आफ्नो घर फर्केका छौँ।राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ।
— Kamal Thapa (@KTnepal) February 18, 2022
विगतका गल्ती कमजोरीहरु सच्याउँदै नयाँ उर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ।यो नयाँ यात्रामा सहयोग र सद्भावको निम्ति अपिल गर्दछु।
फागुन ७गते राष्ट्रिय सभागृहमा हुने घोषणासभामा आमन्त्रण गर्दछु pic.twitter.com/5B0YT9iqyj