फाइल तस्विर

 उपत्यकाका एक सय ३४ सहीत आज ६ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौका एक सय १० जन, ललितपुरका १६ र भक्तपुरका ८ जना सहीत ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । साथै वागमती प्रदेशका १६ जना स्वास्थ्यकर्मी सहीत देशभर एक सय ८३ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि भएको प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज थप एक सय ७१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १६ हजार ६ सय ६४ पुगेको छ । हाल देशभर ७ हजार २ सय एक जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यृ भएसँगै संक्रमणबाट मृत्यृ हुनेको संख्या ८३ पुगेको छ ।संक्रमणबाट धनुषाका विधेय नगरपालिका ८ का ६० वर्षिय पूरुष र मिथिलाविहारी नगरपालिका ५ का ५० वर्षिय पुरुष, काभ्रे जिल्ला पाँचखाल नगरपालिका एक का ५० वर्षिय महिला र सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय पूरुको मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले कोरोना संक्रमणपछि लक्षण देखा नपरेकोे अवस्थामा घरमै रहेर सुरक्षा तथा सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । संक्रमण दैनिक रुपमा वृद्धि भइरहेको र अस्पताल शैया अभाव भएको भन्दै संक्रमणपछि लक्षण देखा नपरेकोे अवस्थामा घरमै रहेर सावधानीका उपाय अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।