मकवानपुर– हेटौंडामा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार साउन २६ गते भएको परीक्षणमा ९ पुरूष र ४ महिला गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार संक्रमण पुष्टि हुनेमा हेटौंडा–१० का ६०, ५०, ३७ र उमेर नखुलेका ४ जना पुरूष, हेटौंडा–५ का २२ र २३ वर्षिया २ महिला तथा ४४ र ४८ वर्षिया २ पुरूष, हेटौंडा–१ का ४३ बर्षीया महिला, हेटौंडा–४ का उमेर नखुलेका एक महिला र ४५ एक पुरूष, र हेटौंडा–१३ का २७ र ३५ वर्षिय २ पुरूष रहेका छन् ।