मकवानपुर– हेटौंडामा आजबाट स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल संघ मकवानपुरको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको राष्ट्रिय कलाकार तथा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले नेपालमा खेल क्षेत्रलाई अझै मायाको कमी रहेको बताउनुभयो । उहाँले नेपालले खेल क्षेत्रको विकास गरेर अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सक्ने सम्भावना भएपनि पर्याप्त भौतिक संरचना नहुँदा समस्या रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई विकास गर्न अन्तराष्ट्रिय स्तरको बहुउपयोगि रंगशाला निर्माण भईरहेको र त्यसलाई अझ व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, प्रतियोगिताका संयोजक प्रताप विष्ट लगायतले शहिदहरुको सम्झना स्वरुप आयोजना गरिएको प्रतियोगितालाई सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
मकवानपुर–११ को विजयी सुरुवात

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजकोे भएको उद्घाटन खेलमा मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मकवानपुर–११ ले सिमराको नवजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । मकवानपुरका लागि खेलको पहिलो हाफको २८ औं र ७७ औं मिनेटमा विमल रानाले र दोस्रो हाफको ५७ औं र ७७ मिनेटमा रञ्जन विष्टले गोल गरेका थिए । भने खेलको ३२ औं मिनेटमा नवजागृतिका मोहित गुरुङले शान्त्वना गोल गरेका थिए । प्रतियोगितामा दुई गो गर्ने बिमल राना म्यान अफ दी म्याच समेत घोषित भएका थिए ।

आगामी फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्र्फीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल प्राप्त गर्ने छन् । भने, प्रत्येक खेलका म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी वितरण गरिने ले जनाएको छ । प्रतियोगितामा भोलीको विभागीय टोली त्रिभुवन आर्मी र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने ले जनाएको छ । प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाउने छन् ।