मकवानपुर– हेटौंडामा आजबाट सुरू स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर–११ ले विजयी सुरुवात गरेकाे छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आजकोे भएको उद्घाटन खेलमा मकवानपुर–११ ले सिमराको नवजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हाे ।
सेमिफाइनलमा प्रवेश गरेकाे मकवानपुरका लागि खेलको पहिलो हाफको २८ औं र ७७ औं मिनेटमा विमल रानाले र दोस्रो हाफको ५७ औं र ७७ मिनेटमा रञ्जन विष्टले गोल गरेका थिए । भने खेलको ३२ औं मिनेटमा नवजागृतिका मोहित गुरुङले शान्त्वना गोल गरेका थिए । प्रतियोगितामा दुई गो गर्ने बिमल राना म्यान अफ दी म्याच समेत घोषित भएका थिए । आगामी फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्र्फीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल प्राप्त गर्ने छन् । भने, प्रत्येक खेलका म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी वितरण गरिने ले जनाएको छ । प्रतियोगितामा भोलीको विभागीय टोली त्रिभुवन आर्मी र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने ले जनाएको छ । प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाउने छन् ।