हेटौंडा–अनाधिकृत रुपमा वन क्षेत्र भित्र बाटो खन्दै गरेको जेसीवी डिभिजन वन कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । मकवानपुर गढी गाउँपालिका–४ गोठडाँडाको मनकामना सामुदायिक वन क्षेत्रको घना जंगल सखाप पार्नेगरी सडक निर्माण गरिएको भन्दै जेसीवी नियन्त्रणमा लिएको हो ।
सडकको ट्रयाक निर्माण गर्ने नाममा वनक्षेत्रका साल र अन्य विभीन्न जातका रुख उखलीएको भन्दै जेसीवी नियन्त्रणमा लिइएको डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो । जंगलनै सखाप पार्नेगरी सामरी पुल देखि राइफलडाँडा जोड्ने सडक निर्माण गर्न लागिएको अवस्थामा जेसीवी नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो । सडक निर्माण गर्ने नाममा वनक्षेत्रका साना, ठुला रुखको नोक्सानी गर्न नहुने उहाँले वताउनुभयो ।
वन क्षेत्रमा ना १ क ९७१३ नम्बरको जेसीवीले साना, ठुला रुख सखाप हुनेगरी सडक खनेपछी स्थानीयले वन कार्यालयलाई खवर गरेका थिए । त्यसपछी वन कार्यालयको टोलीले जेसीवी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको जेसीवी अहिले वन कार्यालय मकवानपुरको हाता भित्र रहेको तथा चालक भने फरार रहेका छन् । जेसीवी, चालक र सवारीका धनीलाई वन मुद्धा लगाउने तयारी भएको उहाँले बताउनुभयो । सडक निर्माण गर्ने क्रममा वनक्षेत्रका हरिया रुख कटान गर्ने प्रवृति पछील्लो समयमा वढ्दै गएकाले त्यसको नियन्त्रर्णका लागि अभियान सुरु गरिएको पौडेलले वताउनुभयो ।