हेटौंडा: नेपाल रेडक्रस सोसाइटी हेटौंडा–९ पशुपतिनगर उपशाखाको २० औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशन शुक्रबार सम्पन्त्र भएको छ । उपशाखाका सभापति एवम ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारीको सभाध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले आगामी कार्यकालका लागि जनक लम्साल सभापत्विमा ११ सदस्यि नया कार्यसमिति निर्विरोध चयन गरेको छ । उपशाखाको उप सभापतिमा रमिला सापकोटा, सचिव पुरुषेत्तम आचार्य, सह सचिव संचिता भट्टराई, कोषाध्यक्षमा गोकर्ण सुवेदी,सह कोषध्यक्ष विश्व नाथ अर्याल, सदस्यहरु दिपेन्द्र रोक्का,सजना मल्ल, माधव धिमिरे, डवल मर्हजन, भक्त बहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई आजै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति न्यौपानेले सपथ ग्रहण गराउनु भएको थियो ।