हेटौंडा/२१ बैशाख – हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले ठुला ठुला गफ गरेर नभई जनताको बिचमा काम गरेर जनताको मन जित्नुपर्ने बताउनुभएको छ । हेटौंडा-१५ मा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले हेटौंडा-१५ मा २०७४ सालमा एमाले पराजित भएपनि जनताको बिचका रहेर काम गरेका सुनिल मोक्तानलाई नै एमालेले वडा अध्यक्षको उम्मेदवार बनाएकाले यस पटक एमालेको जीत पक्का भएको उहाँले बताउनुभयो ।

एमालेले हेटौंडाबासीहरुको आधारभूत आवश्यकताहरुको सम्बोधन गर्दै खानेपानी, शिक्षा लगायतका क्षेत्रमा उल्लेख काम गरेको र अझै यसलाई अगाडि बढाउन घोषणापत्रमा नै उल्लेख गरेर अगाडि बढेकाले सबै जनताले एमाले नै रोजिरहेको उहाँको भनाई छ । अरु समय जनताको बिचमा नहुने र चुनाव आएपछी गाला चिल्लो बनाउँदै र घोषणापत्रमा ठुलाठुला गफ दिएर चन्द्रमामा नै पुल हाल्दिन्छु झैं गरेर आउनेहरु फटाहा भएका र अबका जनताले यस्ता गफ नपत्याउने समेत पौडेलले बताउनुभयो । अब हेटौंडालाई पर्यटकहरुको बास बस्ने गन्तव्यको रुपमा बिकास गर्ने र मकवानपुरभरको पर्यटकीय स्थलहरुको भ्रमण गर्न सक्ने ब्यवस्थाहरु मिलाउने गरि काम गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । उहाँले अहिले एमालेको विरुद्धमा उत्रिएको गठबन्धन नभई बिलखबन्धनमा भएको बताउनुभएको छ । जीन्दगीभर पार्टी बनाएर चुनावमा भने आफ्नै चिन्हमा भोट हाल्न नपाएर अहिले गठबन्धनका कार्यकर्ता रोइरहेको पनि उहाँले बताउनुभयो ।
यस्तै उपमेयर पदका उमेदवार सुमित्रा काफ्लेले बिजयी भएपछि भौतिक बिकास सङसङै स्वास्थ्य, शिक्षा, कृषिलगाउयतका क्षेत्रमा पनि कार्यक्रम संचालन गरीने बताउनुभयो । वैदेशिक रोजगारीलाई न्यूनीकरण, महिला सशक्तीकरणपनि आफुहरुको मुल एजेन्डा भएको काफ्लेको भनाई थियो । एमालेका १५ नम्बर वडाध्यक्षका उम्मेद्बार सुनिल मुक्तानले गएको निर्वाचनमा आफू पराजित भएपनी सामाजिक काम नछोडेको बताउनुभयो । वडाको समस्या नजिकबट बुझेको कारण पनि आफुले यो पटक जित्ने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य बलराम बल, नेता श्रीधर पोख्रेललगायतले बोल्नुभएको थियो ।