मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले वडा भित्र सामुहिक जमघट हुने सम्पुर्ण कार्यक्रम गर्नमा रोक लगाएको छ । वडा कार्यालयको आयोजनामा शनिबार बसेको बैठकले समुदाय स्तमा कोरोनाको प्रकोप बढ्दै गएपछि वडा कार्यालयले यसको नियन्त्रणका लागि वडा क्षेत्र भित्र कुनै पनि किसिमको भेला, बैठक, खेलकुद, जुम्मा, सास्कृतिक कार्यक्रम –विवाह, ब्रतबन्ध, पास्नी) आदि गर्नमा रोक लगाएको हो ।
कार्यालयले वडा भित्र रहेका सम्पुर्ण होटल तथा रेस्टुरा, सैलुन, ब्युटी पार्लर लगायतक व्यवसायहरु हालका लागि बन्द गर्नेे, खाद्यान्न, तरकारी, पलफुल तथा औषधि पसललाई भौतिक दुरी कायम गरेर सहजताका साथ सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै बैठकले मानव सेवा आश्रम, मठ मन्दिर, गुम्बालगायतका स्थानमा मानिसहरुलाई आवत आवत नगर्न समेत आग्रह गरेको छ । बैठकले समुदाय स्तरमा जनचेतना अभिबृद्धिका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सेनिटाईजरको प्रयोग गर्न वा साबुन पानीले बारम्बार हात धुन, भडिभाड भएको ठाउँमा नजान, भौतिक दुरी कायम गर्न आईतबार देखि वडामा नियमित रुपमा माइकिङ गर्ने निर्णय समेत गरेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जनचेतना संगै उल्लेखित विषयहरुलाई तदारुक्ताका साथ कार्यान्व्यन गर्न सम्पुर्णमा आग्रह गरेको छ । साथै यी विषयहरुमा निगरानी, अनुगमन तथा सहजिकरणका लागि वडा अध्यक्ष भण्डारीकै संयोजक्त्वमा ५ सदस्य समिति समेत गठन गरेको छ । समितिमा ९ नम्बर वडा कार्यालयका २ जना सदस्य, टाल विकास वडा समन्व्य समितिका अध्यक्ष एवम् ईलाका प्रहरी कार्यालय पशुपति नगरका प्रतिनिधि रहेको समेत उहाँले जानकारी दिनुभयो । बैठकमा वडाका राजनीतिक दलका पव्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।











