सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । यसअघि शनिबार बस्ने भनिएको बैठक आज (आइतबार) बस्न लागेको हो ।
कांग्रेस संसदीय दलको बैठक शुक्रबार सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता भएको जनाइएको छ । दिउँसो साढे १२ बजे संघीय संसद भवनको ल्होत्से हलमा हुने बैठकमा संसदमा जारी गतिरोधका साथै कांग्रेस सांसद सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुनेछ ।
शुक्रबारको बैठकमा बोल्ने अधिकांश सांसदले शर्मा पक्राउ पर्नुलाई सरकारले प्रतिशोध साँधेको आरोप लगाएका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सांसद शर्मा दुई दिनपछि थुनामुक्त भएका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा उनी रिहा भएका हुन् ।