नेपालमा अहिलेसम्म एक लाख ४३ हजार भन्दा धेरैकाे धेरै जनाको पीसीआर विधिमार्फत कोरोना जाँच भएको छ । अहिलेसम्म एक लाख ४३ हजार सात सय ३८ जनाको पीसीआर र दुई लाख २३ हजार पाँच सय जनाको आरडीटी विधिमार्फत जाँच भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर र ४ हजार १ सय ८३ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । मङ्गलबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमितको सङ्ख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको हो । त्यस्तै मङ्गलबार एक सय १७ गरी आजसम्म एक हजार एक सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।











