मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुने चारवटा स्वास्थ्य संस्थाको भवनको मंगलबार छुट्टा छ्ट्टै कार्यक्रमको आयोजना गरेर शिलान्यास गरिएको हो ।

मंगलबार मकवानपुरको थाहा नगरपालिका–११, टिष्टुङ्ग स्थित १० कोठे स्वास्थ्य चौकीको भवनको राष्ट्रिय सभा सदस्य रामनारायण विराडी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले शिलान्यास गर्नुभएको हो । यस्तै राक्सिराङ–८, खैराङ्ग स्थित २२ कोठे स्वास्थ्य चौकी भवनको प्रदेशसभा सदस्य सन्त चेपाङ्, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का विष्णु अर्यालले शिलान्यास गर्नुभएको हो ।

त्यस्तै भीमफेदी–४, निवुवाटार स्थित ९ कोठे स्वास्थ्य चौकी भवनको भीमफेदी गाउँपािलका अध्यक्ष हिदम लामा, र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का ईन्जिनीयर रबिन पाठकले तथा बकैया–२, धिँयाल स्थित स्वास्थ्य चौकी भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का लेखा प्रमुख दिपक गजुरेल र ईन्जिीनीयर प्रज्वल श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

टिष्टुङ्ग र खैराङ्ग (५ शैयाको) स्वास्थ्य चौकी १८ महिना भित्र तथा धियाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिना भित्र गर्ने गरि शिलान्यास गरिएको हो । ४ वटा स्वास्थ्य संस्था भवनको कुल लागत १० करोड ४९ लाख ८२ हजार ८२१ रुपैयामा ठेक्का सम्झौता भएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का ईन्जिीनीयर रबिन पाठकले जानकारी दिनुभयो । ईन्जिीनीयर पाठकका अनुसार मंगलबार मकवानपुरमा ४ सहित नवलपुर र नवलपरासीमा गरी १२ वटा स्वास्थ्य संस्था भवनको एकै साथ शिलान्यास गरिएको छ ।

मकवानपुरमा आज शिलान्यास भएका ४ सहिति कुल ९ वटा स्वास्थ्य संस्था भवनहरु भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुन लागेको छ । जिल्लामा यस अघि भवन मार्फत निमाृण भएको एउटा स्वाथ्य संस्था भवन हस्तान्तरण भईसकेको छ भने ४ वटा निर्मार्णाधीन रहेको तथा ४ वटाको आज शिलान्यास गरिएको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा कुल ९ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि २३ करोड रुपैयाँ लागत अनुमान रहेको बताउनुभयो ।