आर्थिक वर्ष २०७/६७७ को आन्तरिक लेखापरीक्षणमा देखिएको बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक लेखापरीक्षणबाट ११ अर्ब ४० करोड बेरुजु देखिएको महालेखा नियन्त्रक मधुकुमार मरासिनीले बताउनुभयो ।
आव २०७६/०७७ मा नेपाल सरकारका कुल तीन हजार १७६ कार्यालयको विभिन्न १४ हजार ३६८ कार्यक्रमको आन्तरिक लेखापरीक्षणको कार्य सम्पन्न गरिएको छ । आव २०७६/०७७ मा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा चार अर्ब २२ करोड देखिएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक अर्ब ८४ करोड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक अर्ब ५२ करोड, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा ६० करोड ६ लाख रुपैयां बेरुजु देखिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।