हेटौंडा– हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाका सिताराम गोलेको हराएको पर्स र पैसा फिर्ता गरिदिने मनमाया तामाङलाई सम्मान गरिएको छ । भेटाएको पैसासहितको पर्स ईमान्दारीताका साथ फिर्ता गरेकाले उनलाई शुक्रवार एक समारोहवीच सम्मान गरेको हो ।

सिताराम गोलेको पर्समा २६ हजार सहित लाईसेन्स , बिलवुक, एटिएम कार्ड जस्ताकोतस्तै फिर्ता गरेकाले मनमायालाई सम्मानसहित ५ हजार रुपैया दिएको थियो । सिताराम गोलेले मनमायालाई सम्मान गर्दै अहिलेको समयमा पनि इमानदार मान्छे भेटिदो रहेछ भनेर मनमाया तामाङ सम्मानसहित रकम उपलब्ध गराएको वताए । गोलेको रकमसहितको पर्स वजारवाट घरतर्फ आउने क्रममा हेटौडा उपमहागनरपालिका–१४ उत्तरपानी क्षेत्रमा हराएको थियो । मनमायाले उत्तरपानी सिगंरपानी टोलमा नै उक्त पर्स फेला पारेकिहुन । सानुकान्छा स्याङतानको अध्यक्षतामा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रेम सिङ डिमडुङ,चन्द्र कुमार तामाङलगायत स्थानीयवासीको बासीहरुको उपस्थिति रहेको थियो ।