आईसिसी टी-२० विश्वकप -२०२४अन्गर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । नेपालले अर्को खेल श्रीलंकासँग खेल्नेछ ।