फाइल फाेटाे

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । समितिको आज बसेको बैठकले आउँदो सोमबारपछि लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिीउच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र छुट्याएर स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । नेपालको अवस्था अहिले आत्तिनुपर्ने नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेलाई सम्बन्धित पालिकामा क्वरेणटीनकाे उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले जानकारी दिनुभयो । 

चिकित्सा क्षेत्रका विज्ञले सरकारलाई वैज्ञानिक ढङ्गबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् । विज्ञहरुका सुझावमा फेरि छलफल गरी समितिले निर्णय गर्नेछ । समितिको सुझावका आधारमा मन्त्रीपरिषद्ले लकडाउनकाे बारेमा निर्णय गर्नेछ । पछिल्लो पटक थप गरिएको लकडाउन आउँदो सोमबार सकिँदैछ ।