निशा गुरुङ/हेटौंडा

नेपाल विधुत प्राधिकरण हेटौंडा बितरण केन्द्रले पुरानो मिटरको साटो धमाधम स्मार्ट मिटर जडान गर्दै आएको छ । घर घरमा रिडिङ् गर्न नपर्ने गरी प्राधिकरणले स्मार्ट मिटर फेर्न थालेको हो । स्मार्ट मिटर जडानसँगै प्राधिकरणलेअगाडि सारेको डिजिटल एनईए कार्यन्वयनतर्फ गएको छ । यसले समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना गर्न समेत मद्धत मिल्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणका थ्री फेज र सिगंल फेज दुई किसिमको मिटर रहेको र सिगंल फेजमा ७० हजार र थ्री फेजमा १२ सय ७१ जनाले सेवा लिदै आएको आएको विधुत प्राधिकरणका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभयो । थ्री फेजमा रहेको १२ सय ७१ वटामा स्मार्ट मिटर फेर्न लागेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले ६ सय ३५ वटा स्मार्ट मिटर फेरिसकेको ठाकुरले भन्नुभयो । स्मार्ट मिटर हेटौंडा बकैया गाउँपालिका, मनहरी गाउँपालिका, गढि गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा मिटर जोड्ने काम भईरहेको उनले जनाए । मिटर दिनमा २० देखि ३० वटा सम्म फेर्ने काम भईरहेको र यस्को काम चाँडै सकाउने उनले जानकारी दिनुभएको छ । स्मार्ट मिटरको विशेषता भनेको कार्यलयबाट मिटर रिडिङ् गर्न हिड्न नपर्ने र बिल ग्राहकको मोबाईलमा नै म्यासेज मार्फत आउने उनले जानकारी दिए ।
कार्यलयले लाईन काट्नु पर्दा घर घरमै जानु नपरीकन कार्यलयबाट नै काट्ने र सबै काम कार्यलयबाट नै गर्न सकिने प्राधिकरणले जानकारी दिनुभएको छ । प्राधिरणले फुल्ली स्र्माट तरिकाले नै सेवा दिने व्यवस्था रहेको र स्मार्ट मिटर भएपछि पहिला भन्दा धेरै सजिलो हुने बताउनुभयो । रिडिङ्को बिषयमा ग्राहकहरुले बुझन नसकिएमा मोबाईलको म्यासेज मार्फत जानकारी लिन सकिने पनि उहाँले जानकारी दिनुभयो । स्मार्ट मिटर जोड्ने क्रममा प्राधिकरणले स्मार्ट मिटर नजोडिएको घरको कुनै पनि जरिवना लिदैन । स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरण दुवैलाई सहज हुने छ । सवै क्षेत्रमा स्मार्ट मिटर जडान गरेपछि विद्युत चुहावटमा कमी आउने दावी प्राधिकरणको छ । कसैले मिटर बाइपास गरी बिधुत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रण प्रभावकारी हुनेछ । स्र्माट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुनेछ ।
थ्री फेजमा रहेको मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गरिसकेपछि प्राधिकरणले सिगंल फेजमा रहेको रहेको मिटरलाई पनि स्मार्ट मिटरमा परिवर्तन गर्ने विधुत प्राधिकरणले जानकारी दिनुभएको छ । मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सुचना प्रविधिमैत्री स्मार्ट मिटर जडान बितरण केन्द्रअन्तर्गत जारी छ । स्र्माट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरमा मिटरको बिलमापन गर्नसक्छ भने ग्राहकले पनि आफनो विधुत खपतलाई नियन्त्रणमा राख्न सक्ने व्यवस्था छ । प्राधिकरणको कन्ट्रोल सेन्टरबाट ग्राहकको घरमा कति बिजुली खपत भएको छ भन्ने डेटा संकलन हुनेछ । एपमार्फत ग्राहकले विधुतसम्बन्धी विवरण पाउन सक्छन् । अझ यसको आकर्षक पक्ष भनेको सौर्यउर्जा जडान गरेका ग्राहकले आफुसँग बढी भएको सौर्य विधुत प्राधिकरणलाई बेच्नसमेत सक्नेछन् ।
ग्राहकले आफु जुनसुकै स्थानमा भए पनि आफनो घरको विधुत खपतको अबस्था जानकारी मोबाईलबाट लिन सक्छन् । रिमोटबाट विधुत सेवा बन्द गर्न वा सुचारु गर्नसक्ने सुविधा यसबाट उपलब्ध हुन्छ । यसबाट रियलटाइम खपतसमेत ग्राहकले देख्न पाउँछन् । विधुत प्राधिकरणलाई विधुत चुहावट नियन्त्रणका लागि पनि यस्तो प्रकारको मिटर उपयोगी हुन्छ । स्र्माट मिटर आएपछि मिटररिडर कटौती हुनुका साथै त्यसमा लाग्ने खर्चसमेत बचत हुनेछ । अत्याधुनिक सञ्चार प्रणालीमार्फत कार्यलयबाटै ग्राहकको घरको विधुत प्रयोगको अनुगमन, नियन्त्रण र व्यवस्थापन गर्ने काम थालिएको हो । यसबारे अध्ययनको लागि केही प्राविधिक कर्मचारी चीन गएका थिए ।