कर्णाली प्रदेश लोक सेवा आयोगले पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । प्रदेशमा अपुग जनशक्ति पद पूर्तिका लागि आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक लिखितसँगै मौखिक परीक्षाको विज्ञापन गरेको हो ।
आयोगले निजामती सेवासँगै स्थानीय सरकारी सेवा पाँचौँ तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फको विज्ञापन प्रकाशित गरेको छ । प्राविधिक पाँचौँ तहको खुला तर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ । आयोगले अप्राविधिक तर्फ सब–इन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरेको हो ।