मकवानपुर– शैक्षिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षय कोषको साधारणसभा भोली (शुक्रबार) हुने भएको छ । अक्षय कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमूख रघुनाथ खुलालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोषको दास्रो साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
शुक्रबार दिउसो २ बजे सिद्धार्थ माविको सभा हलमा साधारण सभा आयोजना गर्ने निर्णय भएको अध्यक्ष खुलालले बताउनुभयो । गत वर्ष भदौ महिनाबाट सुरु भएको कोषमा हालसम्म ७ जना संस्थागत, ६ जना विशिष्ट, ६१ आजिवन, १ जना पारिवारीक र १८ जना साधारण सदस्य गरि ९३ जना आवद्ध हुनुभएको छ । संस्थामा हालसम्म सदस्यता वापत १० लाख ४५ हजार ६६८ रुपैया जम्मा भएको उहाँले बताउनुभयो ।
संसथाले यसै वर्षबाट जिल्लामा छात्रबृति वितरण गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । छात्रबृति वितरणका लागि कार्यविधि तयार भएको र सोहि अनुसार कार्य अगाडी बढाइने उहाँले बताउनुभयो । बैठकमा संस्थाकी उपाध्यक्ष ईन्दिरा न्यौपाने, सचिव बद्री पाठक, कोषध्यक्ष रामकृष्ण थापालगायत सदस्यहरुको उपस्थिती थियो ।