शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचल फन्ड समूहबाहेक अरू समूहको परिसूचक घटेका छन् । विकास बैंक समूहको परिसूचक दुई सय ११ दशमलव ८८ अङ्कले, माइक्रोफाइनान्सको परिसूचक १८ दशमलव ६५ र हाइड्रोपावरको परिसूचक १५ दशमलव ९१ अङ्कले घटेको छ । आज उत्पादनमूलक समूहको परिसूचक भने सबैभन्दा धेरै दुई सय ३७ दशमलव ४६ अङ्कले बढेको छ ।
आन दुई सय २१ कम्पनीका १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको तीन करोड १३ लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज युनाइटेड मर्दीको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, रिद्धि हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य भने साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।