आजदेखि कोरोना भाइसरविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान सुरु हुँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप दिन लागिएको जनाएको छ। यो अभियान फागुन ८ गतेसम्म देशका ७७ वटै जिल्लामा चल्ने छ।
यो अभियान अन्तर्गत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैंकका कर्मचारीलाई खोप लगाइने छ । त्यसैगरी काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । सरकारले गएको माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेको हो। पहिलो चरणको अभियानमा सरकारले डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो। अहिलेसम्म करिब १ लाख ९० हजारले कोरोना भारसविरुद्धको खोप लगाएका छन्।