हेटौंडा – बागमती प्रदेश युवा परिषदको कार्यालय उद्घाटन गरिएको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले युवा परिषदको कार्यालय उद्घाटन गर्नुभएको हो ।

May be an image of 2 people and people standing

कार्यालय उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले अहिलेका युवाहरुले केबल राजनितीक आन्दोलनमा मात्र सिमित नभई आर्थिक क्रान्तीको रुपमा पनि अघि बढ्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले बर्तमान समयमा राज्यले केही ठुला राजनीतिक अस्वभाविक घट्ना व्यहोरेको कारणले गर्दा युवाहरुको काँधमा थप ठुला जिम्मेवारी आएको बताउनु भयो । यस्तै मुख्यमन्त्री पौडेलले युवाहरु जसले ईतिहासको विभिन्न कालखण्डमा राजनीतिक परिवर्तको निम्ती आन्दोलन गरे तर अबको अन्दोलन केबल राजनीतिक आन्दोलमा मात्र सिमित नभएर आर्थिक क्रन्ती र परिर्वतनको रुपमा युवाहरु अघि बढ्नु पर्ने बताउनुभयो ।

May be an image of 4 people, including Santosh Chaulagain, people sitting and people standing

कार्यक्रममा परिषद्का अध्यक्ष समेत रहनुभएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बर्तमान समयमा युवाहरुको जिम्मेवारीहरु थप बढ्दै गएको र लाखौँ नेपाली युवाहरु विदेशीएका स्थितीमा उक्त युवा जमातलाई पनि स्वदेशमा फर्काउदै स्वदेशमै उत्पादनसंग जोड्न युवा परिषदले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

May be an image of 2 people, people sitting and people standing

कार्याक्रममा जिल्ला समन्वय समति मकवानपुरका प्रमुख रघुनाथ खुलालले युवाहरु समाज रुपान्तरणको सम्वाह भएकाले सकारात्मक समाज निर्माणमा भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पौडेलले अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा परिषद्ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पनि सुरुवात भएको छ ।