मकवानपुर– ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरको बैठक सोमबार बसेको छ । बैठकले स्थानीय तहहरुलाई आफ्नो क्षेत्रमा रहेको नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को स्टक प्रमाणित गरेर राख्न निर्देशन दिएको छ ।

अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुलाई तत्कालै आफ्नो क्षेत्रको स्टक प्रमाणित गरेर राख्न निर्देशन दिएको हो । बैठकले स्टक नापँजाँचका लागि तीन सदस्य समिति समेत गठान गरेकाे छ । सम्बन्धीत स्थानीय तहकाे प्राविधिककाे संयाेजक्त्वमा जिल्ला समन्वय समितिका प्राविधिक र एकजना कर्मचारी नायब सुब्बा रहने गरी तीन सदस्य समिति गठन गरेकाे छ । समितिले स्थानीय तहमा गएर स्टक नाँपजाँच गर्ने बताइएकाे छ । यस्तै बैठकले आगामी आर्थिक वर्षका लागि आईई/ईआईए गरेर व्यवस्थित रुपमा नदिजन्य पदार्थको उपयोग गर्न समेत स्थानीय तहलाई आग्रह गरेको छ । भने हेटौंडा–९ र १३ जोड्ने कुखरेनी खोलाको पुल बनाउन जम्मा गरीएको ग्राबेलका कारण खोलाको वहाव परिर्वतन हन गई विपद जोखिम बढेकाले उक्त खोलाको ग्रावेल दाँया वाँया निकालेर विपद न्यूनिकरण गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नदि खोलाबाट उत्पनन हुन सक्ने विपद जोखिम न्युनिकरण तथा स्थानीय तहमा सञ्चालित आयोजना÷परियोजना सञ्चालनका सन्दर्भमा विभिन्न निर्णय गरेको छ । बैठकले सम्बन्धीत स्थानीय तहको सिफारीसमा त्यस्ता आयोजना परियोजनालाई विपद जोखिम युक्त क्षेत्रबाट आवश्यक परिमाण र स्थान निर्धारण गरि सिफारीस भई आएमा सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, अनुगमन समितका सदस्यहरु मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायत डिभिजन वन, पर्सा वन्यजन्तु आरक्ष, शसस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।