मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । विदेशबाट आएका १८ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका स्वास्थ्य संयोजकसहितको टोलीद्धारा आरडीटी परिक्षण गरिएको उहाँले बताउनुभयो । वडामा चैत्र १ गते यता विदेशबाट आएका २१ जना मध्ये एकजनाको पहिला नै परिक्षण भईसकेको र आज १८ जनाको परिक्षण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ । दुईजनाको अझै टेष्ट गर्न बाँकी रहेको तर, उनिहरु विदेशबाट फर्किएको करीब २ महिना भईसकेकाले टेष्ट नगरिएको उहाँले बताउनुभयो । तर वडामा वैदेशिक रोजगारीबाट आएकाहरु सबैलाई निगरानीमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।