file photo

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा गठबन्धनले बन्चराे चलाएको आरोप लगाउनु भएकाे छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-२ मा निर्माण गरिएको भ्यु टावरको उद्घाटन गर्दै ओलीले लालपुर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बन्चराे चलाएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, हामी ढाँटेर हिड्दैनौँ, हामीले सुकुम्बासी र भूमी समस्या समाधान गर्न आयोग बनायौँ तर भूमीहीनलाई जग्गा धनी पूर्जा बाँड्ने समय भएपछि गठबन्धन सरकारले बन्चराे चलायो।’ भ्यु टावर उद्घाटन गर्दै उहाँले पर्यटकहरुलाई नेपाल भित्र्याउन समेत सबैले लाग्नुपर्ने धारणा राख्नुभयाे ।