मकवानपुर– मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले सुपथ मूल्य सहकारी पसल सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०७८ का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर पसल सञ्चालनमा ल्याइएको हो ।

हेटौंडा उपमहानगरपालिका–९ स्थित सञ्चालित पसलको बागमती प्रदेशका भसमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बुधबार उद्धघाटन गर्नुभएको हो । पसल उद्घाटन गर्नुहुँदै मन्त्री लामाले स्थानिय उत्पादन्लाइ प्राथमिक्ता दिन आग्रह गर्नुभयो । राज्यले सहकारीहरुको समस्या पहिचान गरि आवश्यक समाधान गर्न लागीरहेको र तीन तहका सरकारले सहकारीद्धारा उत्पादित वस्तुलाई बजारिकरण गर्न सहयोग पुर्याईरहेकोले सहकारीहरुले अब बढी भन्दा बढी उत्पादनसंग जोडेर काम गर्नुपर्ने उहाँको भनाई थियो । बचत गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्न सबै एक साथ रहेमा मात्र आर्थिक पक्ष सबल रहने बताउदै मन्त्रीलामाले ठुला–ठुला बैंक तथा वित्तिय संघ संस्थाहरुबाट हुननसकेको कामहरु पनि साना साना सहकारीहरुले गरेर देखाईरहेकोले विषेश गरेर उत्पादनमा जोड दिईकाम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले रघुनाथ खुलाल– सहकारीले समाज रूपान्तरण र आर्थिक समृद्धिका लागि भुमिका निर्वाह गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले उद्घाटन मात्र नभई पसल निरन्तर सञ्चालनमा व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने भन्दै व्यवस्थित रुपमा पसल सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीले व्यवसायिक र उत्पादनमुखी क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । सहकारीहरु उत्पादनमा लाग्नु पर्ने साथै बजारीकरणमा समेत ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

सहकारीका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, केन्द्रिय दुग्द्य सहकारी संघका अध्यक्ष नारायण देवकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत संघका सचिव बिरेन्द्र ढुङ्गाना, –उध्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मकवानपुरमा ६४ वटा बहुउदेश्य सहकारीहरु दर्ता भएका मध्ये ३२ कृयाशिल रहेको र २० वटा मात्र संघ सदस्यता लिएका छन् । करीब २० लाखको लगानीमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको हो ।
