मकवानपुर– रोटरी क्लव अफ हेटौडाले मकवानपुरको पूर्वी क्षेत्र स्थित शिखरपुर र राईगाँउ, रौतहटको डुमरिया र वाराको कछडिया गरि तीन जिल्लाको चार स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । रोटरी क्लवले वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक आँखा अस्पतालकाे प्रािविधक सहयाेगमा तीन जिल्लाको चार स्थानमा शिविर सञ्चालन गरेको हो ।
चार स्थानमा आयोजना गरिएको आँखा शिविरमा ९ सय ४१ जनाको आँखा परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १ सय २७ जनामा मोतिया विन्दुको समस्या देखिएको र उनिहरुको आँखाको शल्यक्रियाकालागी हेटौंडा ल्याएको रोटरी क्लव अफ हेटौंडाका सचिव प्रमेश प्रधानले जानकारी दिनुभएको छ । उनिहरुको सामुदायिक आँखा अस्पताल हेटौंडामा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।
आँखा शिवरमा शिखरपुरमा १ सय ४१ जनाको आँखा परिक्षण गरिएको मध्ये १७ जना, राईगाउँमा २ सय ८५ जना मध्ये ३४ जना, डुमरियामा २ सय ५० जनाको परिक्षण गरिएको मध्ये ३८ जना, कछडियामा २ सय ६५ जनाको आँखा परिक्षण गरिएको मध्ये ५१ ज्नाको आँखाको शल्यक्रिया गर्न हेटौंडा ल्याएको उहाँले जानकारी दिनुभयो । रोटरी क्लबले हरेक वर्ष निःशुल्क आँखा शिविर संचालन गर्नुका साथै निशुल्क शल्यक्रिया समेत गर्ने गरेको छ । शल्यक्रिया गर्नुपर्ने विरामिलाई खान र वस्न निशुल्क, विरामि लिन र पुर्याउनेलगायतका सम्पुर्ण खर्च क्लबले व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।