मकवानपुर– हेटौंडा लेडी जेसिजले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्या पारेर हेटौंडामा एक समारोहका बिच हेटौंडा लेडिज जेसिजद्धारा तयार पारिएको क्यालेन्डर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सार्वजनिक गर्नुभएको हो ।

क्यालेन्डरमा हेटौंडा लेडिज जेसिजले वर्ष भरी गरेका कामहरुलाई फिचर गरिएको छ । क्यालेण्डर सार्वजनिक गर्दै जिसस प्रमुख खुलालले लेडिज जेसिजले गरेका काम तथा कृयाशिलताको प्रशंसा गर्नुभयो । उहाँले महामारीका बेला वा अन्य समयमा लेडिज जेसिजले देखाएको सकृयता सराहनीय रहेको उहाँले बताउनुभयो । उहाँले समुदायलाई सचेत बनाउन र सभ्य समाज निर्माण गर्दै समृद नेपाल निर्माणमा जेसिजले कृयाशिलता देखाउनुपर्ने समेत बताउनुभयो ।

हेटौंडा लेडिज जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी शुसिला पौडेल, पूर्व अध्यक्षहरू रश्मी बस्नेत, निलम पाण्डे, ज्योति काफ्ले, महासचिव सजिता केसी, दिलु घर्ती, स्वस्तीका बानीयाँलगायतले मन्त्व्य व्यत्तः गर्नुभएको थियो । क्यालेन्डर निर्माणमा जेसि ज्योति काफ्लेले गर्नुभएको हो । कार्यक्रममा अनेम संघ मकवानपुरमा निवार्चित अध्यक्ष सुमित्रा काफ्ले र घरेलु तथा साना उद्याेग समितिमा निर्वाचित पदाधिकारीलाइ सम्मान गरिएकाे थियाे ।