मकवानपुर– हेटौंडामा बुधबार स्वास्थ्य अधिकार सम्बन्धी अन्तरकृया सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना एवम् मानव अधिकार समुह हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नागरिकले राज्यबाट पाउने आधारभुत स्वास्थ्य सेवा, त्यसमा नागरिकको पहुँच, नागरिक सचेतनालगायत विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा कार्यक्रममा सहभागिहरुले राज्यबाट पाउने स्वास्थ्य सेवाबाट अझै पनि नागरिकहरु बञ्चित हुनुपरेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले अहिले विषेश गरि समुदायमा सरकारले दिने स्वास्थय बीमाबाट पाउने सेवा सुविधा पर्याप्त नपाएको बताएका थिए । उनिहरुले स्वास्थ्य विमाबाट बिरामीले औषधि उपचार नपाउने, निशुल्क पाउने औषधि समेत नपाउने, विमाका बिरामीलाई उपचारमा भेदभाव, नगरका वडा स्तरमा रहेका स्वास्थ्य केन्द्रमा नियमित औषधि नपाउनेलगायत समस्या रहेको बताएका थिए । उनिहरुले सरकारले दिएका सेवा सुविधा पर्याप्त नपाउँदा नागरिक निजि क्निकमा धान बाध्य भउको बताएका थिए ।
समुहकी संयोजक चन्द्रवती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल अधिकृत सागर काफ्ले, १ नम्बर वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिकाका स्वास्थय संयोजक रमन झा, स्वास्थय तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्की, इन्सेक) बागमती प्रदेश कार्यालयका गणेश भण्डारीलगायत नगरका विभिन्न वडाका स्वास्थ्य स्वयसेवीकाहरुको उपस्थिति थियो ।