मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई राहत सामग्री उपलब्ध गराएको छ । उद्योग परीसंघ बागमती प्रदेशद्धारा प्रदेश सरकार मार्फत उपलब्ध राहत मध्ये हेटौंडा उपमहानगरपालिकालाइ राहत सामग्री उपलब्ध गराएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामालाई सोमबार २० प्याकेट राहत सामग्री प्रदान गर्नुभएको हो । जिससबाट प्राप्त राहत सामग्री हेटौंडा उपमहानगरपालिकाले सुत्केरी तथा बृद्धबृद्धाहरुलाई वितरण गरेको जनाएको छ ।