मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) माहासंघ बागमती प्रदेशले जिल्ला समन्वय समिति चितवनलाई राहत सामग्री उपलब्ध गराएको छ । मंगलबार जिसस मकवानपुरका प्रमुख एवम् बागमती प्रदेश अध्यक्ष रघुनाथ खुलालले जिसस चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीलाई राहत सामग्री प्रदान गर्नुभएको हो ।
उद्योग परिसंघद्धारा बागमती प्रदेश मार्फत जिल्ला समन्वय समिति महासंघ प्रदेश समितिलाइ प्राप्त भएको राहत सामग्रीबाट जिसस चितवनलाई राहत सामग्री प्रदान गरिएको प्रमुख खुलालले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत उपलब्ध राहत सामग्रीबाट चितवनलाई १०० प्याकेट हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उद्योग परिसंघले बागमती प्रदेश सरकार मार्फत १ हजार प्याकेट (१०टन) राहत सामग्री जिसस महासंघ प्रदेश समितिलाई उपलब्ध गराएको छ । प्रमुख खुलालले प्रदेशका सबै जिल्लामा समन्वय भएको र सोहि बमोजिम चितवनले राहत सामग्री लगेको समेत बताउनुभयो ।