मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेको मामाघर नेपाल मकवानपुर र हेटौंडा–१ चौकिटोल स्थित ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सरकारले जारी गरेको लकडाउनका बेला खाद्यान्न समस्या भएपछि जिससले दुवै संस्थालाई मंगलबार सहयोग गरेको हो ।
मामाघर नेपाललाई १५ प्याकेट र ओम बृद्धाश्रमलाई २० प्याकेट खाद्यान्न सहयोग गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । उद्योग परिसंघद्धारा बागमती प्रदेश मार्फत जिल्ला समन्वय समितिलाई प्राप्त भएको राहत सामग्रीबाट उक्त संस्थाहरुमा सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । देशमा कोरोना भाईरस (कोभिड–१९) को संकट रहेको समयमा प्राप्त सहयोग प्रति दुवै संस्थाले जिससलाई धन्यवाद व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले मानव सेवा आश्रममा समेत विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयाेग उपलब्ध गराउनुदै आउनुभएकाे छ ।