मकवानपुर – मकवानपुरमा मंगलबार (आज) थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशाला र मकवानपुरगढी, मनहरी भिमफेदी गाउँपालिकामा गरिएको परिक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जनामा र मकवानपुरगढी, मनहरी भिमफेदी गाउँपालिकामामा ४२ जनाको एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १९ जना गरी थप ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
थप एक जना कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालमा आज थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै आज मात्रै मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा बारा अमलेखगन्जका ५९ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले बताउनुभयो । कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा उनको मृत्युु भएको उहाँले जानकारी दिनुभयो । योसँगै हेटौंडा अस्पतालमा संक्रमित ५ जनाको मृत्यु भएको छ । यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष, बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला, हेटौंडा–६ की ४१ बर्षीय एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।