मकवानपुर – मकवानपुरको किट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ६६ लाख ९३ हजार रुपैयाको बजेट सार्वजनीक गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको आठौं गाउँसभामा उपाध्यक्ष सुकुमाया थिङले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षामा पूर्वाधारलाई विशेष प्राथमिक्ता दिँदै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।











