मकवानपुर– भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुर र जिल्लाका स्थानीय तहबीच छलफल भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनमा आईतबार आयोजित स्थानीय तह समन्वय बैठकमा आयोगको उदेश्य र स्थानीय तहको भुमिकाका बिषयमा छलफल भएकोे हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ ुलालको अध्यक्षतामा भएको छलफलमा स्थानीय तहहरुमा भूमि सम्बन्धी समस्याका विषयमा हालसम्म भएका प्रगतिका बारेमा स्थानीय तहका प्रमुखहरुले जानकारी गराउनुभएको थियो । जिल्लाका १० स्थानीय तह मध्ये ५ वटामा लगत संकलन लगायतको काम सुरु भईसकेको तथा तीन वटामा बाँकी रहेको र दुईवटा संग सम्झौता हुन बाँकी रहेको छ । सो मध्ये लगत संकलन भईरहेको स्थानीय तहहरुमा विभिन्न समस्याहरु आएको स्थानीय तहका प्रमुखहरुले बताउनुभयो । स्थानीय तहका प्रमुखहरुले लगत संकलनमा अव्यवस्थित बसोवास गर्नेहरुको पहिचानलगायत समस्या भएकाले पालिका स्तरमै अभिमूकिरणको आवश्यक्ता रहेको बताउनुभयो ।
छलफलमा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले जस्तो सुकै समस्या आए पनि भूमि सम्बन्धी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । छलफलमा उहाँले आयोगले र स्थानीय तहले गर्नुपर्ने काम तथा आयोगको योजना तथा नीतिका बारेमा प्रष्ट पार्नुभएको थियो । छलफलमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवरका अध्यक्ष जिवन लामा, भीमफेदी अध्यक्ष हिदम लामा, राक्सिराङ अध्यक्ष राजकुमार मल्ल, कैलाश अध्यक्ष ट.क मोक्तान, प्रमुख जिल्ला अध्यक्ष गोविन्द प्रसाद रिजाल, आयोगका सदस्यहरु तुलसी रिजाल, प्रतिमा श्रेष्ठलगायतको सहभागिता थियो ।