मकवानपुर– हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली ससस्त्र प्रहरीको एपीएफ पराजित भएको छ । हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको खेल मैदानमा सलार्हीको बागमती युवा क्लबले विभागीय टोली एपीएफलाई एक का बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो ।

अतिनै रोमाञ्चक खेलमा बागमतीको जितमा बिक्रम धिमाल र सागर शाहीले एक÷एक गोल गरेका थिए, भने बागमतीको डिबक्समा हयान्ड भएपछि एपीएफले पाएको पेनाल्टिलाई सदसपयोग गर्दै एपीएफका रवि थिङले शान्त्वना गोल फर्काएका थिए । बागमतसँग पराजित एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ । भने, सेमिफाइनल प्रवेशका लागी बागमती युवा क्लबले मंगलबार विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनसँग प्रतिस्पर्धा गर्ने छ ।
आजको खेलमा बागमतीका बिक्रम धिमाल म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरेका छन् । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको प्रतियोगितामा सोमबार (भोली) संकटा क्लब र मच्छिन्द्र क्बलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।