मकवानपुर – मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट सार्वजनीक गरेको छ । बिहीबार मेयर लबशेर बिष्टको सभाध्यक्षतामा भएको नवौं नगरसभामा उपमेयर खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो । त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिनुभयो । जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो । थाहाले नयाँ कार्यक्रम भन्दा पनि अघिल्लो वर्षका कार्यक्रम र अधुरा योजनालाई प्राथमिकता दिएको मेयर बिष्टले बताउनुभयो ।

Thaha-Final-Nitee-Programme-FY-078-079