मकवानपुर – उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को नीति÷कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष लामाका अनुसार संचित कोष अनुमानित मौज्दातमा १ करोड ५० लाख, संघिय वित्तिय समानीकरण अनुदानमा ७ करोड ६५ लाख रुपैँया, संघिय सशर्त अनुदानमा ११ करोड ९४ लाख रुपैँया, संघीय राजश्व बाँडफाँड अनुदानमा ५ करोड ४४ लाख ४० हजार रुपैँया, संघिय राजश्व बाँडफाँड अनुदान (विद्युत रोयल्टी र वन) मा २ करोड २६ लाख ४७ हजार ७ सय ५९ रुपैँया र संघीय विशेष अनुदानमा १ करोड ८ लाख रुपैँया विनियोजन गरिएको छ ।

यस्तै यसैगरी बागमती प्रदेश सरकारबाट प्रदेश वित्तिय समानिकरण अनुदानमा ५८ लाख ३७ हजार रुपैँया, प्रदेश सशर्त चालु तथा पुुजीगत अनुदानमा १ करोड ४७ लाख ५६ हजार रुपैँया, प्रदेश राजश्व बाँडफाँड (सवारी साधन) अनुदानमा १ करोड ५० लाख ३९ हजार ९ सय ६७ रुपैँया, प्रदेश राजश्व बाँडफाँड (विभाज्य कोष) मा १ करोड ५१ लाख रुपैँया, प्रदेशमा बाँडफाँड हुने मनोरञ्जन विज्ञापन शुल्क २ लाख रुपैँया, प्रदेश समपुरक कोष अनुदानमा २ करोड ५३ लाख ५९ हजार रुपैँया, प्रदेश विशेष अनुदानमा २५ लाख र आन्तरिक आयमा ६५ लाख ७० हजार रुपैँया गरी जम्मा ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट ल्याएको हो ।

गाउँपालिकाका प्रमुख जीवन लामाले आगामी आ.व. २०७८/७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा सामाजिक विकास, आर्थिक विकास, राेजगार, कृषि र भाैतिक पूर्वाधारलाइ प्राथमिक्ता दिइएकाे जानकारी दिनुभयाे । उहाँले सडक पूर्वाधार बिस्तार र स्तरोन्नती, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री, सरसफाई युक्त गाउँपालिका, आधारभूत तहको पूर्वाधारको सूूविधा, प्रविधियुक्त इन्द्रसरोवर बनाउने र स्वास्थ्य सेवाको विकास, विस्तार तथा प्रत्येक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता गर्ने तर्फ केन्द्रित रहेको बताउनुभयो । गाउँसभाको अर्को बैठक यहि असार २५ गते बस्ने गाउँपालिकाले जनाएको छ ।
