मकवानपुर– मकवानपुरको भीमफदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ६५ करोड ४१ लाख बराबरको बजेट सार्वजनीक गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा आज भएको सातौ गाउँ सभामा उपाध्यक्ष पाबर्ती रानाले नीति÷कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष रानाले आर्थिक बर्ष २०७८/७९को निति कार्यक्रम तथा ६५ करोड ४१ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । निति कार्यक्रममा अघील्लो आर्थिक वर्षको अधुरा योजनालाई पूर्णता दिँदै पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिईएको छ ।
आर्थिक-बर्ष-२०७८।०७९-को-नीति-तथा-कार्यक्रम-भीमफेदी