एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको पेलेकेलेमा वर्षाले खेल रोकिनुअघि भारतले २ ओभर १ बलमा १ विकेट पनि नगुमाई १७ रन बनाएको छ । भारतले नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो ।