मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोभिडका कारण स्थगित सेवा सुचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि स्थगित गरिएको नयाँ नागरिकता, प्रतिलिपि र राहदानीको काम अब १३ गतेबाट सुचारु गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बारअनुसार जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गरि, गराई आगामी १३ गतेबाट सेवा दिने जनाएको छ । प्रशासनद्धारा जारी सूचना अनुसार अब आइतबार र सोमबार हेटौंडा उपमहानरपालिका, मंगलबार र बुधाबार थाहा नगर, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी, बिहीबार र शुक्रबार बागमती, बकैया, मकवानपुरगढी र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने भएको हो । यस्तै शान्ति सुरक्षा, विपद, मुद्धा, संघ संस्थाको, पत्रपत्रिका, नाबालक परिचयपत्र लगायतको कामहरु भने नियमित हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्धारा जारी सूचनामा उल्लेख छ ।

No photo description available.