मकवानपुर – मकवानपुरमा थप ९८ जना कोरोना संक्रण्ममुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना संक्रमण मुक्त भएक हुन् । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ४ सय १० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१६ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा पुष्टि भएको स्
वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ६ सय ११ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा हालसम्म १ सय २१ जना संक्रमितको मृत्यु भएको छ । हाल जिल्लामा होम आइसोलेसनमा १ हजार २३ जना र संस्थागत आइसोलेसनमा १ सय २७ जना उपचाररत रहेका छन् ।