हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सोम बहादुर घलान विजयी हुनु भएको छ । घलान ६७९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सिताराम थापा मगरल ५१७ मत प्राप्त गर्नुभयो ।
वडा सदस्यमा सुमित्रा लामा, बुद्धि बहादुर वाईबा, बन्दना बसेल र विजय लामा विजयी भएका छन् । ६ नम्बर वडामा १ हजार ४ सय २५ मत खसेको थियो । यसअघि भीमफेदी–१ मा नेपाली कांग्रेसका सोमबहादुर स्याङ्तान, २ नम्बर वडामा नेकपा एमालेका काशिराम बज्यु, ३ नम्बर वडामा नेकपा माओवादीका प्रितम लामा, ४ नम्बर वडामा नेकपा एमालेका सागर पाण्डे र ५ नम्बर वडामा नेकपा एमालेकै जहार सिं लामा विजयी हुनु भएको छ ।