हेटौंडाः मकवानपुरको थाहानगरपालिकाको एउटा वडालाई जीरो होम डेलीभरी वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर थाहा नगरपालिकाको वडा नम्बर–६ बज्रबराहीलाई जिल्लाकै पहिलो जीरो होम डेलीभरी वडा घोषणा गरिएको हो । थाहा नगरपालिकाले नगरपालिकाले नगरका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिएको छ । स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आमा तथा बच्चाको स्वास्थ्यमा केहि जटिलता अएमा पनि समाधान हुन सक्ने तथा शिशु तथा मातृमृत्युदर घटाउने नगरपालिकाको उदेश्य रहेको छ । सोही अनुसार वडा नम्बर–६ का सबै महिलाले आर्थिक वर्ष २०७५÷०७६ मा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको भएर वडालाई जीरो होम हेलीभरी घोषणा गरिएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ मा वडा नम्बर ६ का नियमित गर्भजाँच गराएका १ सय ५८ गर्भवति महिला मध्ये १ सय १ जना गर्भवति महिलाले स्वास्थ्य संस्थामै गएर प्रसुति सेवा लिएका छन् । बाँकी ५७ जना सुत्केरी हुनै बाँकी रेहेका छन् । साथै वडाबासीहरुमा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनुपर्छ भन्ने धारणा समेत विकास भएकोले वडालाई पुर्ण स्वास्थ्य संस्थामा सुत्केरी अर्थात जीरो होम डेलीभरी वडा घोषणा गरिएको थाहा नगरपालिकाका मेयर लब शेर बिष्टले जानकारी दिनुभएको छ ।

प्रदेश नम्बर ३ मा थाहा नगरपालिकाको वडा नम्बर ६ दोस्रो वडा जीरो होम डेलीभरी वडा घोषणा गरिएको हो यस अघि धादिङ्को एउटा वडालाईजीरो होम डेलीभरी वडा घोषणा गरिएको छ । जीरो होम डेलीभरी कार्यक्रमलाई क्रमश नगरपालिकाका सबै वडाहरुमा लागु गर्दै नगरलाई नै जीरो होम डेलभिरी नगर घोषणा गरेर मातृ–शिशु मृत्युदर शुन्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गराउने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवति महिलाकालागि नगरपालिकाले थप सेवा सुविधाको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो । थाहा नगरपालिकाका लबशेर बिष्टको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का वडाअध्यक्ष एवम् बज्रबारही स्वास्थ्य केन्द्रका अध्यक्ष शशिधर सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।