नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकले उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन बैठकले पारित गर्दैछ । बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ । महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ।