पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रहरीका नायव उपरीक्षक हरि वलीले बताउनुभयाे ।
बस दुर्घटनामा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी ,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ । त्यस्तै भिमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी विसन दत्तको दुर्घटना स्थलमै मृत्यु भएको छ । त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्नेविमला देवि भट्टको पहिचान खुलेको छ ।
राती १ बजे महेन्द्रनगरबाट काठमाडौँ जान लागेको सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइते मध्ये ९ जनाको उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीका नायव उपरीक्षक वलीले बताउनुभयो ।