सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरमा भरतीय नम्बर प्लेटको ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१९ नेवारपानीमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१९ नेवारपानीमा हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । दुर्घटनामा हेटौंडा–१० का करिब ५० वषीय बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको उहाँले बताउनुभयाे । प्रहरीका अनुसार श्रेष्ठको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।