हेटौंडा । हेटौंडा–६, रामनगर स्थित एक घरमा सोमबार साँझ आगलागी भएको छ । रामनगर स्थित स्थानीय ६८ वर्षिय आत्मलाल चौलागाईको घरमा आगोलागी भएको हो ।

चौलागाईको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

आगलागीका कारण उक्त घर नजिकै पश्चिम पट्टी रहेको निजको भाई लिलानाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोको तापले फुट्न गई ३५ वर्षिया प्रकाश चौलागाई टाउकोमा चोट लागी सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार गाराई घर फर्किएको प्रहरीले जनाएको छ ।