काठमाडौं । विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो समय हालसम्मकै मंहगो मूल्यमा अनुबन्ध भएका छन् । सन्दीप इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन प्रतियोगिताका लागि एकै पटक महँगो मुल्यमा अनुबन्ध भएका हुन् ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्ने सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ । टि–टेन भने नोभेम्बरबाट शुरु हुनेछ । टि–टेनमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने बताइएको छ ।